२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आज स्वर्गीय राजा वीरेन्द्रको जन्मजयन्ती

841 Shares
Spread the love

१४ पुष काठमाडौँ। स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औँ जन्मजयन्ती बिहीबार राजावादी, राजाप्रेमीहरुले विशेष कार्यक्रमको आयोजना गरी स्मरण गर्दैछन् ।

२००२ साल पुस १४ गते जन्मेका तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेर जनतामाझ लोकप्रियता कमाएका थिए ।

शाहवंशका दशौं राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्र नेपाली राजपरिवारको इतिहाँसमा नै बौद्धीक , ज्ञानी राजाका रुपमा चिनिन्छन् ।

उनै जनताका प्रिय राजाको २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । उनी सहति परिवार नै हत्याकाण्डमा मारिएको चर्चित हत्याकाण्डको रहस्य अझै सार्वजनिक हुन सकेको छैन ।

प्रतिक्रिया