२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मिस तामाङ २०१९ को आवेदन खुल्ला

6081 Shares
Spread the love

आशिष तामाङ

काठमाडौं । तामाङ सुन्दरी प्रतियोगिता `मिस तामाङ २०१९´ को आवेदन खुल्ला गरिएको छ ।

१२ औं संस्करणको मिस तामाङको आवेदन काठमाडौंको पुतलीसडकस्थित हेल्लो क्याफेमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि खुल्ला गरिएको हो ।

यसपटक पनि एभरेष्ट फेसन होम नेपाल र नेपाल तामाङ कला संस्कृति केन्द्रले संयुक्तमा आयोजना गर्ने आयोजकका संयोजक रञ्जिता लामाले बताइन् । लामाका अनुसार सहभागीताको लागि आवश्यक मापदण्ड पूरा गर्नेले यही पौष १४ देखि माघ ५ सम्म आवेदन दिन सकिने र आर्थिक अवस्था कमजोर भएकोलाई विषेश छुट दिइनेछ । यसबर्षको व्यवस्थापन भने एभरेष्ट फेसन होमले गर्नेछन् ।

तामाङ जातिको भाषा,कला, संस्कृति, भेषभुषा, बाजा, रीतिरवाज र धर्मलार्ई युवा जमातमार्फत् सामाजिकिकरण गर्ने उद्देश्यले आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिताको यो १२ औं संस्करण हो । मिस तामाङ २०१९ को विजेताले नगद १ लाख, सिल्बर क्राउन,फस्ट रनर अपलाई ५० हजार,सिल्बर क्राउन,सेकेण्ड रनर अपलाई २५ हजार, सिल्बर क्राउन र अन्य १० प्रतिस्पर्धीलाई विभिन्न अवार्डहरु प्रदान गरिनेछ ।

आवेदन फार्म एभरेष्ट होमको कार्यालय पुतलीसडक काठमाडौमा पाइनेछ। प्रतियोगितामा सहभागिता हुनको लागि तामाङ जातिको अविवाहित १६ देखि २८ बर्षसम्मको हुनुपर्ने । शैक्षिक योग्यताको हकमा एसईई उतीर्ण गरेको र कम्तिमा ५ फिट उचाई भएको हुनुपर्ने संयोजक लामाले बताइन् ।

लामाले थपिन् – संसारभरिकै देशहरुबाट सहभागी हुन सकिने छ र मिस तामाङ २०१९ को बिजेताले जर्जियामा हुने अन्तर्राष्ट्रिय सौर्न्दर्य प्रतियोगितामा भाग लिने अवसर पाउनेछिन् । हालसम्म जेनिशा मोक्तान, उपली ग्याबक, समी बज्यु, रोजिना घिसिङ, सुमी मोक्तान, ल्हाक्पा तामाङ, मुनाश्री तामाङ, लक्ष्मी मोक्तान, उर्मिला योञ्जन, पिंकी घिसिङ र सिमरन स्याङ्बोले मिस तामाङको ताज पाहिरिसकेकी छन् ।

प्रतिक्रिया