२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रेस युनिययनद्वारा दुःख व्यक्त

1426 Shares
Spread the love

नेपाल प्रेस युनियनले पूर्वी चितवनको रत्ननगर–१ निपनीमा शुक्रबार भएको सडक दुर्घटनामा परी एपी–१ टेलिभिजनका पत्रकार प्रवीण पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज एक शोक वक्तव्य जारी गरी प्रेस युनियनका सदस्यसमेत रहनुभएका पौडेलको मृत्यु भएको घटनाप्रति शोक व्यक्त गरेको हो ।“एक ऊर्जाशील र क्षमतावान श्रमजीवी पत्रकार अर्थात युनियनका होनहार एक सदस्य गुमाउनु पर्दा नेपाल प्रेस युनियनलाई अत्यन्तै ठूलो चोट पुग्न गएको छ”, शोक वक्तव्यमा भनिएको छ । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना २ ख २१६६ नम्बरको ट्रकले सोही दिशातर्फ समाचार सङ्कलनका लागि जाँदै गर्दा पत्रकार पौडेलको ना ६१ प ९२१ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रकको ठक्करबाट घाइते भएका पत्रकार पौडेललाई ट्रक चालकले जबरजस्ती पेलेर नियतवस हत्या गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घटनाका बारेमा स्थानीय प्रशासनले सत्यतत्य अनुसन्धान गरी दोषी चालकमाथि कारवाही गरी पीडित परिवारका लागि क्षतिपूर्ति दिलाउन युनियनले माग गरेको छ । रासस

प्रतिक्रिया