२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

किरण चेम्जोङलाई माल्दिभ्समा उत्कृष्ट गोलकिपरको अवार्ड

664 Shares
Spread the love

पुष १४ – नेपाली राष्ट्रिय टिमका चर्चित खेलाडी किरण चेम्जोङ माल्दिभ्स फुटबलको उत्कृष्ट गोलकिपर घोषित भएका छन् । नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण माल्दिभ्स फुटबल संघले प्रदान गरेको अवार्डमा उनी उत्कृष्ट गोलकिपर बन्न सफल भएका हुन् । किरण हाल नेपालमा भएकाले उनको स्थानमा टीसी स्पोर्टका मोहमेद नीजामले त्यो अवार्ड थापेका थिए ।

माल्दिभ्स फुटबल डट कम र फुटबल एसोसियसन अफ माल्दिभ्सले संयुक्त रुपमा प्रदान गर्ने यस अवार्डका लागि मोहमद फैसल र सुजन परेरा पनि मनोनयनमा परेका थिए । यसपटक टिसी स्पोर्टस्ले माल्दिभ्सको लिग समेत जितेको थियो । टिसीलाई लिग जिताउन किरणले मुख्य भूमिका निभाएका थिए । किरण अघिल्लो बर्षपनि यस अवार्डको मनोनयनमा परेका थिए ।

 

प्रतिक्रिया