२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रकाण्डलाई समात्न पुनः प्रक्राउ पूर्जी जारी

2161 Shares
Spread the love

पुष १४ – केही समय अगाडी मात्र २ पटक सम्म प्रक्राउ पर्दे रिहा भएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माविरुद्ध पुनः पक्राउ पूर्जी जारी भएको छ ।जिल्ला अदालत भोजपुर र संखुवासभाको छुट्टाछुट्टै आदेशले विश्वकर्माविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । सरकारले गठन गरेको वार्ता टोलीको समय अवधि सकिएलगत्तै प्रहरीले विश्वकर्माविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । वार्ताका लागि गठित टोलीसंग सम्पर्कमा नआएको भन्दै उनलाई प्रक्राउ गर्न पूर्जी जारी भएइको हो ।

मंसिर ८ र र कार्तिक १६ गते जारी गरिएको पक्राउ पूर्जी हाल आएर सार्वजनिक भएको हो । जिल्ला अदालत भोजपुरले बम विष्फोट गराई ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी गरेको छ भने जिल्ला अदालत संखुवासभाले बम विष्फोट संगठित अपराध गरेको अभियोगमा पक्राउ पूर्जी जारी गरेको छ । चन्दा असुलीको पनि आरोप खेपेका प्रकाण्ड यतिबेला विभिन्न कार्यक्रमहरुमा सरकारको चर्काे आलोचना गर्दे हुत्तिहारा सरकारसंग वार्ता नगर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया