२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

भरतपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको माघमा शिलान्यास हुने

1126 Shares
Spread the love

धुर्मुस–सुन्तली फाउन्डेसनको समन्वयमा चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको माघमा शिलान्यास हुने भएको छ । भरतपुरकी मेयर रेनु दाहालले शुक्रबार माघमा हुने बताउनु भयो । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको र हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गर्दै आएको २० विघा जग्गामा रंगशाला निर्माण हुने भएको हो ।महानगरपालिकाले भोगाधिकारसहित रंगशालाका लागि जग्गा प्राप्त गरिसकेको मेयर दाहालले जनाकारी दिनु भयो।

‘स्थानीय विकास मन्त्रालयबाट स्वीकृती आइसक्यो, अब शिक्षा मन्त्रालयको स्वीकृती पर्खिएर बसेका छौं,’ उहाले भन्नु भयो । कृषि तथा वनविज्ञान विश्वविद्यालयको तालुकदार मन्त्रालय शिक्षा मन्त्रालय भएकोले उसको स्वीकृती आवश्यक रहेको छ । रंगशालाको प्राविधिक पक्ष शहरी विकास तथा भवन निर्माण कार्यालयले हेरेको छ ।

प्रतिक्रिया