3339
Shares
पुष १३ – अस्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । उच्च शिक्षाका लागि अस्ट्रेलिया पुगेका निश्चल घिमिरे स्थानीय समुन्द्र किनारमा भेटिएको प्रहरीले जनाएको छ । तीन वर्षअघि विद्यार्थी भिसामा दक्षिण अस्ट्रेलियाको एडिलेडमा आएका निश्चल बिहीबारदेखि बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार उनलाई शुक्रवार साँझ स्थानीय सामुन्द्रिक किनार वेस्टबिचमा मृत फेला पारिएको हो । आफूले रेखदेख गर्ने बच्चाको साथमा स्थानीय समुन्द्री किनारमा गएका उनी बच्चा सुरक्षित फर्किए पनि आफू भने नफर्किएको प्रहरीले जनाएको छ । काठमाडौँ निवासी २२ वर्षीय घिमिरे यहाँस्थित इक्वेल्स इन्स्टिच्युटमा नर्सिङ विषयमा डिप्लोमा अध्ययन गरिरहेका थिए ।