पुष १३- केही समय अगाडी शिक्षक आवश्यकता भन्दै बिज्ञापन खुलाएको ‘टिच नेपाल’ नामक गैह्र सरकारी संस्थालाई निलम्बन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । । खुलाएको बिज्ञापनमा एक प्रशिक्षर्थी शिक्षकको माग गर्दै क्रिष्चियन परिवारको हुनुपर्ने, क्रिष्चियन कलेजमा पढेको र चर्चको (प्रमाणीकरण चिठी) रेफरेन्स चाहिने लगायत मापदण्ड राखेको थियो । उक्त मापदण्डको कारण आक्रोसितहरुले जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा छानविन गरिएको थियो ।
टिच नेपालले हालका लागि कुनै कारोबार नगर्न, विज्ञापनको प्रक्रिया तरुुन्त बन्द गर्न तथा बैक खाता रोक्का गर्नका लागि पत्राचार गरिएको छ । संस्थाको नबील बैंकको खाता पनि रोक्का गर्न पत्राचार गरिसकेको जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख प्रेमराज जोशीले बताएका छन् । संस्था दर्ता ऐन ०३४ अनुसार कुनै धर्म तथा जाति विशेषका लागि मात्रै संस्था स्थापना हुन नमिल्ने उल्लेख गरिएको छ । तर उक्त संस्था बिगत ललितपुरको भनिमण्डलमा पाँच वर्षदेखि नियम बिपरित चल्दै आएको थियो ।