२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

“बर्दी लगाएर हात थापे कडाभन्दा कडा कारबाही हुन्छ” :-आईजीपी खनाल

1020 Shares
Spread the love

पुष १३-  नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनालले ‘प्रभाव’मा पर्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ।
निर्मला पन्तको बलात्कारपछिको हत्या काण्डले प्रहरीको अनुसन्धान मात्रै नभई देशकै बेइज्जत भइरहेको बेलामा कञ्चनपुर जान हिँडेका आईजीपी खनालले नेपालगन्जमा बाँकेका प्रहरी प्रमुखहरूलाई निर्देशन दिँदै भन्नुभयो, बर्दी लगाएर हात थाप्ने र कसैको प्रभावमा परेर काम गर्नेलाई कडाभन्दा कडा कारबाही हुन्छ।’

जिल्ला प्रहरी कार्यालय, बाँकेको प्राङ्गणमा सबैलाई भेला गरेर आईजीपी खनालले महिला र बालबालिकाका अपराधीलाई कुनै पनि हालतमा उम्किन नदिन निर्देशन दिनुभयो। उहाँले प्रहरीलाई अनुचित प्रभाव पार्न आउने पनि कारबाही गर्न निर्देशन दिनुभयो।

आईजीपी खनालले समाजमा शिर ठाडो पारेर हिँड्न सक्ने कामहरू गर्न मातहतलाई निर्देशन दिनुभयो। उहाँले आन्तरिक व्यवस्थापन चुस्तदुरुस्त राख्न सजग गराउनुभयो ‘राम्रो काम गर्नुस्। प्रहरी देखेपछि अपराधी टाढैबाट भाग्ने छबि बनाउनुस्, आईजीपी खनालले भन्नुभयो– ‘स्मार्ट प्रहरी र शिर ठाडो पारेर निर्धक्क काम गर्ने बानी र व्यवहार बनाउनुस्।’

नेपालगन्ज आइपुगेका आईजीपी खनाल प्रहरी तालिम केन्द्रमा एक रात बसेका थिए। बिहीबार बिहान बाँकेका प्रहरी युनिट प्रमुखहरूलाई निर्देशन दिएपछि खनालको टोली पश्चिमतर्फ लागेको छ।

प्रतिक्रिया