२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सन्तबहादुर तामाङको लास आज नेपाल पठाउदै

13164 Shares
Spread the love

आशिष तामाङ

कुवेत। कुवेतमा गत २२ डिसेम्बरमा सवारी दुर्घटनामा परि मृत्‍यु भएका सन्तबहादुर तामाङ्को लास आज नेपाल पठाइदै छ ।

लगभग ११ बर्षदेखी एसिको कम्पनिमा कार्यरत अन्दाजी ४५/४६ बर्षिय नुवाकोट साविकको मदनपुर गाविस वडा नं ९ का सन्तबहादुर तामाङ्को गत २२ डिसेम्बरका दिन सावारी दुर्घटनामा परि उपचारको क्रममा कुवेतको अदान हस्पिटलमा निधन भएको थियो ।कुवेत पुलिसको सहायतामा तत्काल हस्पिटल पुर्‍याइए भए पनि उपचारको क्रममा उहाको निधन भएको थियो ।

यस बिषयमा राजदूतावासमा सम्पर्क गर्दा नेपाली राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देनले नेपाली राजदूतावासको पहलमा आज रातको १०:३० बजे कतार एरवेजबाट पठाउने र भोलि बिहान १० बजे लास नेपाल पुग्ने नेपाल संसारलाई जानकारी दिएका छन।

मृतकको शवलाई फर्वानिया हस्पिटल पुगेर नेपाल आदिवासी जनजाति महसंघ कुवेतका अध्यक्ष तथा घेदुङ कुवेतका निवर्तमान अध्यक्ष अमृत लोप्चन, ट्याक्सी ब्यवसायी संघ कुवेतका अध्यक्ष सुनबहादुर तामाङ तथा रसुवा नुवाकोट धादिङ समाजका अध्यक्ष राकेस मनाङथेन लगायतका ब्यक्तित्वहरुले लासलाई खादा ओढाएर १ मिनेट मौनधारण समेत गरेका थिए ।

प्रतिक्रिया