२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सपथ ग्रहण गराउन माग गर्दै दीपक मनाङेको निवेदन

1269 Shares
Spread the love

पुष १२ -मनाङबाट प्रदेशसभामा निर्वाचित गुण्डानाइके दीपक मनाङेले आफूलाई प्रदेशसभा सदस्यको रुपमा सपथ गराउन माग गर्दै गण्डकी प्रदेशसभामा निवेदन दिएका छन् ।  उनले आफूलाई प्रदेशसभा सदस्यको रुपमा सपथ गराउन माग गर्दै निवेदन दिएका हुन् । गण्डकी प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले मनाङेको निवेदन आएको पुष्टि गरे ।

‘उहाँको निवेदन बोकेर एक जना आउनुभएको थियो, निवेदन दर्ता भएको छ’ उनले भने, ‘अब यसमा छलफल गरेर अगाडि बढ्छौं ।’ ज्यानसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहरिएका मनाङे सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरी धरौटी बुझाएपछि रिहा भएका थिए ।

प्रतिक्रिया