903
Shares
अष्ट्रेलियामा एक २३ वर्षिय नेपाली युवतीको मृत्यु भएको छ । न्यु साउथ वेल्सका प्रहरीहरुले नेपाली युवतीको मृत्यु कसरी भयो भन्नेबारे केही खुलाएको छैन । गएको शनिबार ती युवती ब्यांक्सटाउन सडकमा अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो ।
प्रहरीका अनुसार डिसेम्बार २२ मा चापेल रोडबाट उनलाई अचेत अवस्थामा अस्पताल लगिएको थियो ।
बेलुका ८ बजेर ४५ मिनेटमा उक्त घटनाबारे प्रहरीले जानकारी पाएको र तत्काल उनलाई ब्याक्सटाउन हस्पिटल लगेको एनएसडब्लु प्रहरीले बताएको थियो ।
एनएसडब्लु प्रहरीका अनुसार उनको मृत्यु हुनुको कारणबारे अनुसन्धान भइराखेको छ । प्रहरीले ती युवती विद्यार्थी भिषामा अष्ट्रेलिया आएकी हुन् वा अन्य कुनै प्रक्रियाबाट आएकी हुन् यसबारे पनि अनुसन्धान भइराखेको बताएको छ । यसबारे छिट्टै प्रहरीले आफ्नो अनुसन्धानको निष्कर्ष बाहिर ल्याउने बताइएको छ ।