२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

शिब श्रेष्ठको छोरा भन्दैछन् ‘एउटीलाई मुटुमा घर’ (भिडियो सहित)

1021 Shares
Spread the love

प्रेम कथामा आधारित फिल्म ‘जानी नजानी’को पहिलो गीत रिलिज गरिएको छ । ‘एउटीलाई मुटुमा घर’ बोलको को रिलिज भएको गीतमा अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर , अर्जुन पोखरेलकै संगीत र अम्बिका शर्माको शब्द रहेको छ । कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको गीतमा नायक मनिष श्रेष्ठ र कलाकार सुमी मोक्तान साथमा डेब्यु नायिका निरिशा बस्नेत फिचर्ड रहेका छन् । मनिष चर्चित नायक शिव श्रेष्ठका भतिज हुन ।

उनले रानी फिल्मबाट डेब्यु गरेका थिए । त्यसपछि तिम्रो हर सासमा नामको फिल्ममा पनि अभिनय गरेका उनी दर्शकमाझ भने क्लिक हुन सकेनन् । उनले चैत्र १ गतेबाट रिलिज हुन लागिरहेको जानी नजानीबाट भने आसा गरेको बताएका छन् । फिल्म रोशनी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो जसको प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजीमालीको लगानी रहेको छ । फिल्मलाई डेब्यु निर्देशक बसन्त अधिकारी निर्देशन गरेका छन् ।

 

 

प्रतिक्रिया