२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बम्जनबिरुद्ध अनुयायी बेपत्ता पारेको भन्दै उजुरी

1574 Shares
Spread the love

पुष १२ – बेला बेला बिवादमा आउँने गरेका तपस्वी भनिएका रामबहादुर बम्जनविरुद्ध बारा प्रहरीमा उजुरी परेको छ । उनको अनुयायीको रुपमा रहँदै आएका जितपुर सिमरा उपमहागर–१८ बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगर ३ बर्षदेखि सम्पर्कबिहीन भएको भन्दै उनका परिवारजनले प्रहरीमा उजुरी दिएका हुन् । परिवारका सदस्यहरुका अनुसार उनी बेलाबेला आउने गर्थे र ५ र ७ दिन बसेर फर्किने गरेका थिए । बम्जनका अनुयायी भएपछि लामा पोशाक लगाउन थालेका सुरेश अन्तिम पटक २०७२ जेठ पहिलो साता घर आएका थिए ।

फेरि जाने नजाने दोधारमा रहेको बेला बम्जनका विश्वास पात्र माएिका जसबहादुर वाइवाले फकाएर लगेको र त्यसबेलादेखि सम्पर्कविहीन रहेको उजुरीमा उल्लेख छ । सुरेशका बुवा हस्तबहादुर आलेका अनुसार छोरा जिउँदो छ या मृत्यु भयोभन्ने बारेमा केही थाहा नभएको र आफनो छोरालाई बेपत्ता पारिएको उनको भनाई छ ।

उनले भने ‘उसको अत्तोपत्तो भएन, एकपटक बम्जनको आश्रम हलखोरिया काठमाडौंसम्म पुग्दा त्यहाँ रहेकाहरुले सुरेशले आश्रम छाडेर गएको बताए ।’ बम्जनले नै सुरेशलाई बेपत्ता पारेको भन्दै हजुरबा र बाबुआमाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका छन् । । रामबहादुर बम्जन यसअघि पनि धेरै पटक यौन हिंसा र बलात्कारको आरोपमा मुछिदै आएका छन् ।

उनलाई एक बिदेशी महिलाले समेत बलात्कारको आरोप लगाईसकेका छन् भने हालै मात्र उनको अनुयायी बनेर बसेकी रौतहटकी १८ वर्षीया गंगामाया तामाङले चार बर्ष उनको आश्रृममा बस्दा आफुमाथि बम्जनले बलात्कार गरेको र अन्य महिला अनुयायीमाथि पनि यौन हिंसा गरेको पत्रकार सम्मेलन गर्दे आरोप लगाएकी थिईन् । यसैगरी उनको आश्रृमबाट नै सञ्चलाल वाइवा , चुन्मो र डोल्मो लामो समयदेखि सम्पर्कबिहीन रहेको र बम्जनले नै बेपत्ता पारेको परिवारजनले आरोप लगाउँदै उजुरी दिएका छन् ।

प्रतिक्रिया