२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

अक्षय कुमारको चलचित्र ‘गोल्ड’को ट्रेलर सार्वजनिक (भिडियो)

2244 Shares
Spread the love

काठमाडौँ। बलिउडका स्टार अक्षय कुमारको अभिनीत चलचित्र ‘गोल्ड’को ट्रेलर सोमबार सार्वजनिक भएको छ। भारत स्वतन्त्र भएपछि सन् १९४८ मा लण्डनमा आयोजित १४ औं ओलम्पिकमा हकी खेलबाट भारतले जितेको पहिलो गोल्ड मेडलमा यो चलचित्र आधारित छ ।

यो चलचित्रमा अक्षय कुमारले हकी कोचको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा रीमा कागतीको निर्देशन रहेको छ भने निर्माता रितेश सिधवानी र फरहान अख्तर हुन् ।

यही चलचित्रबाट टेलिभिजनकी अभिनेत्री मौनी रोयले बलिउडमा डेब्यू गरेकी छिन् । अक्षय कुमार, मौनी रोयसँगै अमित साध, विनीत सिंह, कुनाल कपूर  र शन्नी कौशललगायतको अभिनय रहेको चलचित्र ‘गोल्ड’ अगष्ट १५ मा रिलिज हुनेछ ।

प्रतिक्रिया