२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीले भने ‘२२ तले धरहराको टुप्पोबाट काठमाडौँ हेर्न पाईन्छ’

1069 Shares
Spread the love

पुष १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज धरहरा पुनर्निर्माणको बिहीबार शिलान्यास गरेका छन् । शिलान्यासपछि बोल्दै प्रधानमन्त्रीले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको बताएका छन् । अब निर्माण हुने धरहरा अत्याधुनिक र व्यवस्थित हुने भन्दै बालबालिका , युवायुवती र बुढापाकाले समेत चढ्न मिल्ने गरी निर्माण हुने बताए । ऐतिहासिक कामको शुभारम्भ भएको प्रधानमन्त्रीले भने हामी फेरि हाम्रो गौरवपूर्ण धरहरा हाम्रा आँखा अगाडि देख्नेछौं ।

हामी वातावरण सुधारिएको, बाटाहरु सुधारिएको, हरियाली अलि बढाइएको काठमाडौं धरहराको टुप्पाबाट हेर्नेछौं ।’ २०७२ को भूकम्पले भत्काएका धेरै संरचना पुननिर्माण भइसकेको दाबी गर्दै प्रधानमन्त्री अगाडी भन्छन् ‘अलिकति फरक ढाँचामा सोचेको थिएँ मै बनाउँछु मेरो धरहरा, सरकारी खर्चमा पनि होइन जनताकै खर्चमा । तर त्यो अभियानमा ब्रेक लाग्न पुग्यो र त्यसअनुसार अगाडि जान सकेन ।’ उनले सरकारले राम्रा काम गरिहरेको भन्दै राम्रा काममा सबैले सहयोग गर्नुपर्ने पनि बताए ।

निर्धारित समयमै धरहरा निर्माणको काम सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए । धरहरा बनाउन सरकारले २९ रोपनी क्षेत्रफल जमिन छुट्याएको छ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु थपिनेछन् । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ ।

 

यस्तो बन्नेछ धराहरा

 

 

 

प्रतिक्रिया