२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड माघ १८ गते कतारको दोहामा हुने

1554 Shares
Spread the love

आशिष तामाङ

काठमाडौं– हिमालयन नेपाली ईभेन्ट्स प्रा.लिले ‘हिमायलयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना गर्ने भएको छ । आगामी माघ १८ गते (फ्रेबअरी १ तारिख) कतारको दोहामा ३७ विधामा अवार्ड वितरण गर्ने जानकारी आयोजकले दिएको छ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यसबारे जानकारी दिएको हो ।

उक्त अवार्डका संयोजक डि.एन घिसिङले भने ‘हाम्रो संस्थाले २०१८ मा मलेसियामा यस्तै अन्तर्राष्ट्रिय अवार्डको कार्यक्रम सम्पन्न गरिसकेको छ, हामीले यो अवार्ड सफलताका साथ सम्पन्न गर्छौं, हामीसँग यो अनुभव र अभ्यास छ, विदेशमा गरिने कार्यक्रमहरु निक्कै महँगो हुन्छन् । तर, त्यसप्रति पनि हामी सक्षम छौं ।’ हिमालयन नेपाली ईभेन्ट्स प्रा.ली.का उपाध्यक्षसमेत रहेका घिसिङले असली सर्जक र सिर्जनाको उचित मुल्याङकन गर्ने बताएका छन् । त्यस्तै कार्यक्रममा उक्त अवार्डका मुख्य निर्णायक मिलन मोक्तानले गीत संगीतको बजार ब्यापक बन्दै गएको बताए ।

घिसिङले अघि थपे,‘नेपाली कलाकारहरुको जीवन बिचराको स्थितिमा छ, खासमा रोउल्टी उठाउने हो भने सबैले गीत सुनेबापत पैसा तिर्ने हो भने कुनैपनि कलाकारहरुले बरालिनुपर्ने दिन रहँदैनजस्तो लाग्छ, लगानी नउठेपनि कलाकारहरुले यस क्षेत्रमा लगानी गरिरहेका छन्, यसको ज्वलन्त उदाहरणको रुपमा हिमालयन नेपाल ईभेन्ट्सले कतारमा गर्दैछ ।’ घिसिङ सांगीतिक संघ नेपालका अध्यक्षसमेत रहेका छन् ।

हिमालयन नेपाली ईभेन्ट्स प्रा.लि.का निर्देशक सविन घिसिङले आगामी माघ १८ गते कतारमा सम्पन्न हुने अवार्डमा कलाकारलाई ३७ विधामा सम्मान गरिने जानकारी दिएका छन् । उनले भने,‘हामी अवार्डको तयारीमै छौं, अबको बाँकी समयमा टप पाँच नोमिनेसन गर्नुछ, यही पुस १४ गते शनिबार राजधानीको लाजिम्पाटस्थित् किङ्स प्यालेस रोधी क्लब एण्ड पप भेन्युमा सम्पन्न हुँदैछ, टप पाँच मध्येबाट उत्कृष्ट एकलाई छनोट गरि कतारमा अवार्ड प्रदान गरिनेछ ।’ अवार्डको निर्णायकमा मो क्तानसहित वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, उन्नती शिला बोहरा, उवन वाङ लामा, विक्रमजंग शाह, रोज मोक्तान, अन्ना स्टीर लगायत रहेका छन् ।

संगीतकर्मी संघका महासचिव विक्रमजंग शाह, संगीतकर्मी टिका बोम्जन, बिमाविद् कृष्ण बहादुर राउत, म्युजिक भिडियो निर्देशक राजेश तिमिल्सिना, संगीतकर्मी संघ नेपाल, नवलपरासी शाखाकी अध्यक्ष तथा लोक गायिका राधा तिवारीलगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन मिस तामाङ–२०१८ की विजेता सिमरन स्याङ्बो तामाङले गरेकी थिईन । ‘सृजनाको मुल्याङकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुलका नारा एवम् मिडिया टप, नेपालको सहकार्यमा सम्पन्न हुने अवार्डमा उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट लोक तथा दोहोरी गीत,उत्कृष्ट तामाङ सेलो, उत्कृष्ट तामाङ म्हेन्दोमाया गीत, उत्कृष्ट लोक पप, उत्कृष्ट गायक÷गायिका, उत्कृष्ट मोडललगायतका ३७ विधामा अवार्ड वितरण गर्न लागिएको आयोजकले जानकरी दिएको छ ।

प्रतिक्रिया