1711
Shares
पुष ११ -आज जिल्ला अदालत, काठमाडौंको परिसरबाट हत्कडीसहित एक अभियुक्त फरार भएका छन् । फरार हुनेमा सिन्धुपाल्चोकका लालकाजी तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरी परिसर, काठमाडौंले चोरी मुद्दामा फरार तामाङलाई अदालतमा बुझाएलगत्तै उनी पुनः फरार भएका हुन् । प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले भने ‘उनलाई हाम्रो टोलीले बुझाएर आएको थियो । त्यसलगत्तै फरार भएको सूचना आएपछि खोजीमा टोली परिचालन गरेका छौं ।’ । यतिबेला उनको खोजीकार्य तिव्र पारिएको प्रहरीले जनाएको छ ।