२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

“कम्युनिष्ट शासनमात्र भएको भए नेपालमा ड्याम–ड्याम विकास हुन्थ्यो” :-प्रचण्ड

1045 Shares
Spread the love

पुष ११- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले द्रुत गतिमा विकास र समृद्धिको सपना देखेको बताएका छन् । आजबाट सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले लोकतान्त्रिक पद्दतिलाई मिलाएर सबैलाई अगाडी बढाउँदा छोटो समयमा हुने बिकासका काममा धेरै समय लागेको बताए । अधिवेशनमा बोल्दै प्रचण्डले लोकतान्त्रिक पद्दति भनेको विकास निर्माण छिटो छिटो हुने प्रणाली नभएको भन्दै कम्युनिष्ट पार्टीहरुको परम्परागत शासन हुन्थ्यो भने ड्याम ड्याम विकास हुने बताएका हुन् ।

उनले भने “यो लोकतान्त्रिक पद्दति भनेको विकास निर्माण छिटो छिटो हुने प्रणाली होइन । कम्युनिष्ट पार्टीहरुको परम्परागत शासन हुन्थ्यो भने ड्याम ड्याम निर्णय गरेर जान पाएको भए बिकास हुन्थ्यो ।” सरकारले सकरात्मक पहल गरिरहेको बताएका प्रचण्डले देश बिकासका लागि आगामी दिनमा पनि सहकार्य गर्दे अगाडी बढुनु पर्नेमा जोड दिए । उनले आफु देशभरी घुम्दा बिकास निर्माणको कामले तिब्रता पाईरहेको देखेको दाबी गरेका छन् ।  आफुहरु नयाँ सिस्टमा आएकोले केही असहजता भईरहेको र केही कमजोरी पनि भएको प्रचण्ड बताउँछन् । लोकतान्त्रिक परिपाटीलाई संगै बढाउँदा एक महिनामा हुने काम महिनौँ दिन लागेको प्रचण्डको दाबी छ ।

प्रतिक्रिया