२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

परराष्ट्रको विज्ञप्तिमा नेपालको बेइज्जत ! ज्यान गुमाएकामा दिए ‘बधाई’ ?

2993 Shares
Spread the love

काठमाडौं : इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको छ। परराष्ट्रले राष्ट्रपति कार्यालयको हवाला दिँदै जारी गरेको विज्ञप्तिमा मानिसहरूको मृत्यु भएको विषयमा ‘बधाई’ दिएको जनाइएको छ।

विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा ‘बधाई सन्देश पठाएको’ लेखिएको छ।

पहिलो वाक्यमा गम्भीर गल्ती भए पनि दोस्रो वाक्यमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ। उद्दार तथा राहत अभियान सफल होओस् भन्ने सदीक्षा पनि राष्ट्रपतिले राखेको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुस् परराष्ट्रको विज्ञप्ति जहाँ ‘कङर्‍याचुलेसन्स’ भन्ने शब्द प्रयोग गरिएको छ।

प्रतिक्रिया