२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

फेब्रुअरी ५ मा मलेशियामा संयुक्त रुपमा सोनाम ल्होछार मनाईदैं

1505 Shares
Spread the love

आशिस तामाङ मलेसिया- तामाङ जातीको महान पर्व २८५५,औं सोनाम ल्होछारको अवसरमा तामाङ समाज मलेसिया,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया र तामाङ समाज क्षेत्रीय समिती पेनाङको संयुक्त आयोजनामा मलेशियामा विशेष कार्यक्रम हुने भएको छ।

आगामी फेब्रुअरी महिनामा ५ तारिखको दिन मलेसियाको मुख्य शहर क्वालालम्पुर स्थित एरेना स्टार होटलको प्राङ्गणमा आयोजना गरिएको सोनाम ल्होछार विशृेष कार्यक्रममा नेपालबाट आउने ६ जना अतिथि कलाकारहरुको बेजोड प्रस्तुती रहने तामाङ समाज मलेसियाको उपाध्यक्ष राजेन्द्र वाईबा तामाङले जानकारी दिएका छन।

‘ मलेसियामा रहेका तामाङहरु एक हुनु पर्छ,हाम्रो हृम,ठिम हामी आफैले सजाउनु पर्छ,यो हाम्रो कर्तव्य लाई हामीले पालना गर्नै पर्छ, ल्होछार हाम्रो चाड हो भनेर दुनियाँसामु चिनाउनै पर्छ,जहाँ हामी एक हुन्छ त्यहाँ समस्याको समाधान हुनै पर्छ अनि मात्र जहाँ तामाङ त्यहाँ तामाङको चिनारी हुन्छ र हुनै पर्दछ ’ भन्ने मुल उदेश्य र नाराकासाथ तामाङ समुदायको महानचाड ल्होछार मनाउन लागेको समाजका राजेन्द्र वाईबाले बताए।

मलेसियाको इतिहासमै पहिलोचोटि रोजगारी गर्दै बसिरहेका तामाङ समुदायको युवा,युवतीहरु एकजुट भएर ल्होछार मनाउन लागेको आयोजक संस्थाहरुले बताएका छन्।

प्रतिक्रिया