२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

अमेरिकको भर्जिनियामा तमु ल्होसार भब्यताका साथ मनाईने

803 Shares
Spread the love

आशिस तामाङ

अमेरिका , ग्रेटर वाशिंगटन तमु सोसाइटी (डि.एम.भी. एरिया) को आयोजनामा अमेरिकाको भर्जिनियामा यहि आगामी डिसेम्बर ३० तारिख आइतबारका दिन आउँदो नयाँ बर्ष “फ़ो-ल्हो (मृग वर्ग)” उपलक्ष्यमा तमु ल्होसार भब्यताका साथ मनाईने भएको छ।

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा तमु ल्होसार भर्जिनियाको हर्नडन कम्युनिटी सेन्टरमा हुने आयोजकले जनाएको छ।

कार्यक्रमको शुरुआत उद्घाटन समारोह, नेपालका ख्यातिप्राप्त कलाकारहरु देखि स्थानीय प्रतिभाहरुको भब्य मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, रात्री भोज सहित साँझ ६ बजेदेखि मध्यरातसम्म तमु ल्होसारको भब्य रमझम हुने कार्यक्रमका संयोजक नन्द कुमार गुरुङले बताए ।

संसारभर छरिएर रहनु भएका नेपाली परिवारजनहरुको तर्फबाट सम्पुर्ण ग्रेटर वाशिंगटन तमु सोसाइटी परिवार तथा सम्पुर्ण तमु समुदायका परिवारजनहरुमा नयाँ बर्ष “फ़ो-ल्हो (मृग वर्ग)” ल्होछार पर्वको हार्दिक शुभकामना सहित कार्यक्रमको भब्य सफलताको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछौं।

प्रतिक्रिया