1591
Shares
आफुले चलाउदै आएको अटो रिक्साले किचेर अर्घाखाँची ढाकावाङका ३४, बर्षिय ओम बहादुर नेपालीको मृत्यु भएको छ । केही समय यता कपिलवस्तुको शिवराज २ हल्लानगरमा नेपालीले अटो रिक्सा चलाउदै आउनु भएको थियो ।
छाहारे ९मृगी० रोगका पिडित नेपाली अचानक बिरामी परेपछी गएराती श्रीमती सहित अस्पताल जान निस्केका नेपाली अस्पताल पुगेर फर्केर आउदा आफैले चलाउदै आएको लु १ ह ६५४ नम्बरको रिक्साबाट खसेका थिए ।
रिक्सा बाट खस्ने बित्तिकै मृगि रोग भएपछिगुडिरहेको रिक्साले किचेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । मृतकको श्रीमती शकुसल रहेको प्रहरीले जनाएको छ ।