२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

प्रजातन्त्रका सेनानी अधिकारीको निधन

3011 Shares
Spread the love

फाईल तस्विर

चितवन । प्रजातन्त्रका सेनानी नेपाली काङ्ग्रेस चितवनका पूर्वउपभापति रघुनाथ अधिकारीको ७५ वर्षको उमेरमा निधन भएको छ ।

वीर अस्पताल काठमाडाँैमा उपचारका सिलसिलामा आज बिहान उनको निधन भएको हो।

हृदयाघात भएपछि उनी अस्पताल भर्ना भएका थिए। काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार आज उनको पवित्र तिर्थस्थल देवघाटमा अन्त्यष्ठि गरिएको छ ।

यस अघि उनको पार्थीव शरिरमा काठमाडौँमा नेपाली काँग्रेसका उपभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर श्रदाञ्जली अर्पण गरेका थिए।

अधिकारी विसं २०३६ को आन्दोलन, २०४२ को सत्याग्रह, २०४६ को जनमतसङ्ग्रहका बेला पटकपटक गिरफ्तारीमा परेका थिए। रघुनाथका बुबा उदयनाथ अधिकारी लमजुङमा ‘हलो क्रान्ति’मा सहभागी भएपछि तत्कालीन पञ्चायतले सर्वस्वहरण गरेपछि चितवन बसाँइ–सरेका थिए ।

उदयनाथ काङ्ग्रेस चितवनका संस्थापक नेता थिए। रघुनाथका एक छोरा र एक छोरी छन् । खैरहनी नगरपालिका–५ को वडाध्यक्ष बनेका अर्का छोरा नरेन्द्र अधिकारीको सवारी दुर्घटनामा परी गत फागुनमा निधन भएको थियो ।

नेपाली काङ्ग्रेस चितवनका सभापति श्रेष्ठले उजको निधनमा बुधबार मातहतका कार्यालय बन्द गरिने र तीन दिनसम्म झण्डा झुकायर औपचारिक कार्यक्रम नगर्ने बताए।

प्रतिक्रिया