२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

“फागुन ७ गते हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि आन्दोलन” :-कमल थापा

2186 Shares
Spread the love

पुष १०-  हिन्दू राष्ट्र र राजसंस्था पुर्नस्थापनाको मुद्धा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन दोस्रो साताबाट आन्दोलन सुरु गर्ने भएको छ । हिन्दू राष्ट्र पुनर्स्थापनाको माग गर्दै पार्टीले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेरआन्दोलन गर्न लागेको अध्यक्ष कमल थापाले बताए ।

मंगलबार काठमाडौंमा आयोजित एक धार्मिक भेलालाई सम्बोधन गर्दैै अध्यक्ष थापाले यसबारेमा जानकारी दिँदै सनातन धर्ममा विश्वास राख्ने सबै राजनीतिक दल तथा धार्मिक संघ, संस्थाहरुलाई सहभागीताको लागि अनुरोध गरे । आफुहरुको उक्त आन्दोलन सरकारविरुद्ध नभई मुलुकको राष्ट्रिय एकता र पहिचानलाई सुदृढ बनाउनका लागि रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको राष्ट्रिय पहिचानका लागि हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्ने माग गर्दै आएको छ । अध्यक्ष थापाले मुलुकको स्वाभिमान र राष्ट्रिय पहिचान तथा राष्ट्रिय एकताका लागि पनि हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्नुको विकल्प नरहेको दोहोर्‍याए ।

प्रतिक्रिया