२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

जिरोले बनायो सारुख खानलाई जिरो ,यस्तो रह्यो कलेक्सन

593 Shares
Spread the love

कुनै समय बलिउडमा किंग बनेका थिए सारुख खान । एक्सन , कमेडी र लभस्टोरी हरेक बिधामा रुचाईएका सारुखको पछिल्लो समय किंग खानको उपाधी नै धरापमा पर्न थालेको छ । उनका प्रतिध्वन्द्धी नायकहरु बक्सअफिसमा एक पछि अर्काे गर्दे झण्डा गाडिरहँदा सारुख यसमा पछिल्लो समय केही कमजोर देखिएका छन् । उनको पछिल्ला फिल्महरु रईस र जब ह्यारी मेट सेजल असफल भएपछि उनको करियरका लागि सुपरहिट फिल्मको खाँचो थियो जुन जिरोले पुरा गर्ने अपेक्षा गरिएको थियो तर बिडम्बना जिरोले सारुखको करियमा जिरो नै उपलब्धी दिएको छ ।

फिल्मले सुरुवाती दिनमा नै २०.१४ करोड कलेक्सन गरेपछि र समिक्षकहरुले सकरात्मक प्रतिक्रिया नदिएपछि फिल्म असफल हुने अनुमान सबैले गरिसकेका थिए तर पनि क्रिसमसको फाईदा फिल्मले उठाउँने अनुमान गरिएको थियो तर त्यस्तो भएन । फिल्मले दोस्रो दिन १८.२२ करोड र तेस्रो दिन २०.७१ करोड कलेक्सन गरी मात्र ५८.०७ करोड कलेक्सन गर्न सफल भएको छ । सारुखको रेर्कडलाई त साउथका नायक यशको फिल्म केजिएफले नै तोडेको छ । सोमबार पनि फिल्मले ९ देखि १० करोड कलेक्सन गरेको बताईएको छ ।

फिल्ममा उनको कामको सबैले प्रशंसा गरेका छन् तर फिल्म नै कमजोर बनेपछि यसले उनलाई कुनै फाईदा दिएको छैन । यो फिल्म असफल भएसंगै सारुख खान खब डन ३ को तयारीमा जुटेका छन् । जहाँसम्म करियरको कुरा छ यतिबेला सारुख पहिलेका सलमान खानको अवस्थामा रहेका छन् जसको फिल्म त आउँछ तर चल्दैन । यदि सारुखको अबका फिल्म पनि नचले उनको स्टारडम ह्वात्तै घट्ने निश्चित छ ।

 

प्रतिक्रिया