२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप ८ अर्ब माग

1499 Shares
Spread the love

पुष १०- राष्ट्रिय गौरबकै रुपमा हेरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप ८ अर्ब माग गरिएको छ । निर्माणको क्रममा रहेको विमानस्थलले चालु वर्षमा विनियोजन भएको बजेट ४ अर्ब सकिएपछि थप ८ अर्ब माग गरेको हो । विमानस्थलका लागि आवस्यक जग्गाा अधिग्रहणका लागि उक्त रकम माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पुगेको हो । ५ अर्ब पाएको उक्त आयोजनाले बाँकी १ अर्ब रुपैयाँका लागि सबै प्रक्रियामा गएकोले थप बजेट माग गरिएको अयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

कूल २३ अर्ब रुपैयाँ मुआव्जाबापत जाने अनुमान गरेको आयोजनाले हालसम्म १३ अर्ब रुपैयाँ वितरण गरिसकेको छ। अर्को वर्षको असोजबाट विमानस्थल संचालन हुनेबेलासम्म सबै मुआब्जा वितरण गरिसक्ने लक्ष्यसहित आफूहरु गएको र त्यही कारण थप बजेट माग गरिएको अधिकारीले जानकारी दिए।

‘एकातिर अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने अर्कोतिर त्यही विमानस्थलले जग्गा ओगटिदिएका स्थानीयले मुआब्जा नपाउने हो भने त्यो उत्सबको रुपमा हुँदैन’ अधिकारीले भने,‘हामी सकेसम्म आउने असारसम्म सबै मुआब्जा दिन चाहन्छौ।’ २२८ विगाह जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणले २ वर्ष अघि प्रक्रिया अघि बढाएको थियो। अघिल्लो वर्षबाट मुआब्जा वितरण शुरु भएको थियो।

दोस्रो चराणमा विमानस्थल विस्तारका लागि पहिले जग्गा अपुग हुने भन्दै थप जग्गा अधिग्रहण गरिएको हो। यो जग्गा अधिग्रहणको कामले हालको विस्तारको काम भने प्रभावित हुने छैन। पहिलेकै जग्गामा विस्तारको काम भइरहको छ। दोस्रो चरणमा टर्मिनल भवन, सुक्षा तथा अन्य पूर्वाधार बनाउनका लागि थप जग्गा चाहिएको भन्दै अधिग्रहण प्रस्ताव स्वीकृत भएको थियो।पहिलो चरणमा विस्तारको काम ८ अर्ब बढी रकममा सकिने भएको छ।विमानस्थललाई जेठसम्ममा उडान योग्य बनाईने योजना रहेको छ ।

प्रतिक्रिया