२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

तिब्बत जान लागेका १ सय १० जना नेपाली महिला फिर्ता

1388 Shares
Spread the love

पुष १०- रसुवाको टिमुरे प्रहरी चौकीले पाँच महिनाको अवधिमा चीनको स्वशासित क्षेत्र तिब्बतमा काम गर्न जान लागेका १ सय १० जना नेपाली महिलालाई फिर्ता गरेको छ ।उमेर नपुगेको र अभिभावकविनै रसुवागढी नाका हुँदै केरुङ जान लागेका उनीहरुलाई माइती नेपालको सहयोगमा नाकाबाटै घर फिर्ता गरिएको हो ।केरुङमा करिब पाँच सय किशोरी होटल, रेष्टुरेन्ट, डिपार्टमेन्टल स्टोर तथा घरमा कार्यरत रहेको माईती नेपालले जनाएको छ ।

राहदानी बनाउन नपर्ने, खर्च कम लाग्ने र आम्दानी राम्रो हुने आशामा पढाइ छाडेर किशोरीहरू केरुङ जाने गरेको एक सर्वेक्षणले देखाएको छ ।यसैबीच, केरुङ जान कडाइ गरिएपछि किशोरी लैजाने गिरोह सक्रिय भएको छ ।उमेर नपुगेका, अभिभावक बिना जान नपाएका र बाहिरी जिल्लाका किशोरीलाई केरुङ जान रोक लगाइएपछि दलाल सक्रिय हुन थालेको प्रहरीले जनाएको छ ।श्रीमान् विदेश गएका, आर्थिक अवस्था कमजोर भएका र अभिभावकविहीनहरूलाई दलालले प्रलोभन देखाई केरुङ पुर्‍याउने गरेका छन् ।

प्रतिक्रिया