२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

निर्मला प्रकरण:-विशालको परिवराले दिए मानव अधिकार आयोगमा उजुरी

1502 Shares
Spread the love

पुष ९ – कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अझै रहस्मय बनिरहेको छ । यसबीचमा निर्मलाको हत्याको आरोपमा प्रक्राउ परेका विशाल चौधरीको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । सोमबार बिशालका बाबु वीर बहादुर चौधरीले कञ्चनपुर प्रहरीले यातना दिएको भन्दै आयोगको क्षेत्रीय कार्यालय धनगढीमा उजुरी दिएका हुन् ।

बाबु वीर बहादुरले छोरालाई निर्मम यातना दिएको भन्दै छानबिन गरी आवश्यक काबारही गर्न सिफारिश पाउँ भन्दै उजुरी दिएका छन् । छोरालाई मानसिक तथा शारीरिक यातना दिएर निर्मलाको बलात्कारपछि हत्या गर्न दवाव दिएको निवेदनमा उल्लेख गरिएको छ । प्रहरीले यातना दिएर अपराध स्वीकार्न लगाएर कञ्चनपुरमा भनेअनुसार काठमाडौंमा नभने मारिदिने धम्की दिएको निवेदनमा उल्लेख छ । १९ मंसिर भीमदत्त नगरपालिका, १८ घर नजिकैबाट पक्राउ परेका विशालको डिएनएन नमिलेपछि ७ पुसमा परिवारको जिम्मा लगाएको थियो ।

प्रतिक्रिया