२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

“काँग्रेसले लाख करोडमा भ्रष्टाचार गर्‍यो कम्युनिष्टले अरबौ”:-प्रकाण्ड

1286 Shares
Spread the love

पुष ९-  बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडग बहादुर बिश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ महिना सरकार टिकाउन सम्मस्या भएको दावि गर्नु भएको छ ।अरु कसैका कारणले नभई आफ्नै पार्टीका नेताहरुका कारण प्रधानमन्त्री ओलीलाई ६ महिना पनि सरकार टिकाउन कठिन्यायी भएको प्रवक्ता प्रकाण्डले बताउनु भयो।क्रान्तिकारी पत्रकार संगठन नेपालले सोमवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा उहाँले इतिहासकै दुई तिहाईको बलियो जन समर्थन पाएको सरकार भए पनि आफ्नै पार्टी भित्रका नेताहरुका कारण ओलीलाई अब ६ महिना सरकार टिकाउन हैरानी भएको स्पष्ट पार्नु भयो ।

 

सरकार बिरुद्ध कडा रुपमा प्रस्तुत हुनु भएका प्रकाण्डले अहिलेको सरकार र सरकारका मन्त्रीहरु बिगतको भन्दा झनै बढी भ्रष्टाचारी भएको बताउनु भयो ।उहाँले बिगतमा काँग्रेसका मन्त्रीहरुले लाख करोडमा भ्रष्टाचार गर्ने गरेकोमा अहिले कम्युनिष्ट पार्र्टीका मन्त्रीहरुले अरबौमा भ्रष्टाचार गरीरहेका छन यसले कम्युनिष्ट पार्टी प्रति जनताको बितृष्णा जगाएको धारणा राख्नु भयो ।वर्तमान सरकार जनता प्रति उत्तर दायी नभई दलाल र पूजिपतिको पक्षमा रहेको आरोप लगाउदै उहाँले कम्युनिष्ठ पार्टीको दुहाई दिने सरकारले विश्वमा नै बेईजेती कमाएको धारणा राख्नु भयो ।

उहाँले जनताले आशा गरेका एउटा पनि काम वर्तमान सरकारले गर्न नसको आरोप लगाउदै प्रवक्ता प्रकाण्डले समृद्ध नेपाल र सुखि नेपालीको नाराले मुलुकलाई वर्वादि तर्फ उन्मुख गराएको टिप्पणी समेत गर्नु भयो ।उहाँले संघिय सरकारसंग कटौरामा भिख माग्ने परिपार्टीको संघियता संघियता नै नभएको र यस्तो संघियता मुलुकका लागि आवश्यक नभएको जिकिर गर्नु भयो ।नेकपाका अध्यक्ष प्रचण्ड भारतमा र का नाईकेलाई भेटन श्रमती सीताको औषधी गर्ने नाममा जाने गरेको आरोप लगाउदै उहाँले प्रचण्डले केपी ओलीसंग निहु खोज ओललिे समाप्त पार्ने चेतावनी समेत दिनु भयो ।आफू सिदिने भएर एमालेको टाँग मुनि छिरेका प्रचण्डले फुर्ति नलगाउन प्रकाण्डले आग्रह गर्नु भयो ।

प्रतिक्रिया