२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

यी हुन् नेपालीबाट संगित कपि भएका बलिउड गीतहरु (भिडियो सहित)

1826 Shares
Spread the love

नेपाली चलचित्र तथा नेपाली गीत संगितहरु सुरुवातबाट नै बलिउड या भनौ बिदेशी गीतसंगितबाट प्रभावित हुदै आएका छन् । कतिपय त्यस्ता कपि गरिएका नेपाली गीतहरु पनि छन् जसलाई कपि गरिएका बावजुद दर्शक श्रोताहरुले रुचाएका छन् । तर बलिउड पनि नेपाली गीतसंगितबाट प्रभावित हुने गरेका छन् । ८०/९० को दशकबाट नै बलिउडले नेपाली संगितको कपि गर्दे आईरहेका छन् । हामी यहाँ चोरी होईन सहमतीमा नै नेपाली गीतबाट संगित कपि गरिएका बलिउड गीतहरुको बारेमा जानौँ ।

१) नयाँ नयाँ सजाउँ , चलो चले साथिया ः सुपरहिट चलचित्र साईनोमा रहेको चर्चित नयाँ नयाँ सजाउ है गीत आज पनि नेपालीहरुको मनमस्तिकमा रहेको गीत हो । रञ्जित गजमेरको संगित , कुसुम गजमेरको शब्द र उदित तथा आसा भोसलेको आवाजमा रहेको यो गीतको संगित सहमतीमा नै बलिउड फिल्म बन्धुमा समाबेश गरिएको थियो।

चले चलो साथिया बोलको उक्त गीतमा संगितकारको नाम रञ्जित गजमेरको नै राखिएको छ । सन् १९९२ मा बनेको उक्त फिल्मको गीतमा कुमार सानु आसा भोसलेको आवाज रहेको छ । चर्चित संगितकार रञ्जित गजमेर एकमात्र त्यस्ता व्यक्ति हुन् जो बलिउडमा लामो समय बाध्यबादकको रुपमा सक्रिय रहे ।

२) सुन कथा एउटा गीत, कौन हो मेरे ः नेपाली फिल्मसंगै बलिउडमा पनि काम गर्दे आएका डेनि डेङजोङपाको माध्यमबाट नै उनको अभिनय रहेको फिल्म “बन्धु”मा उनको सुपरहिट फिल्म साईनोमा समाबेश “सुन कथा एउटा गीत” बोलको गीतको संगित सहमतीमा नै राखिएको थियो । जुन गीतमा पनि रञ्जित गजमेरको संगित रहेको थियो भने आवाज डेनिको । नेपाली र हिन्दीमा पनि डेनिको नै आवाज रहेको थियो ।

३ ) तिम्रो त्यो आँखाको , मुझे तेरी आँखोकी ः गायिका आंकक्षा लामाको चर्चित गीत “तिम्रो त्यो आँखाको” निकै चर्चामा रहेको थियो । “आंकक्षा”मा एल्बममा समाबेश उक्त गीत शाहिद कपुर अभिनित फिल्म “पाठशाला”मा कपि गरिएको थियो । “मुझे तेरी आँखो” की बोलको गीतमा संगित कपि गरिएको थियो ।

उक्त गीतमा हनिफ शेख र तुलसी कुमारको आवाज रहेको छ भने संगितकारकोरुपमा हनिफको नाम मेन्सन गरिएको छ । गीतको राईट्स लिएको टिसिरिजमा भने आंकक्षाको नाम कतै उल्लेख छैन तर कुनै कुनै म्युजिकल वेभसाइटमा भने आंकक्षाको नाम गायिकाकोरुपमा राखिएको थियो ।

प्रतिक्रिया