२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

आत्तरखेल युवा समाजको प्रथम बार्षीक साधारण सभा सम्पन्न

2775 Shares
Spread the love

आशिस तामाङ, काठमाडौं – गोकर्णेश्वर नगरपालिका वडा नं ८ आत्तरखेलमा अवस्थित आत्तरखेल युवा समाजको पहिलो बार्षीक साधारण सभा सम्पन्न भएको छ । समाजले लिटिल बड स्कुलको सभाहलमा साधारण सभा कार्यक्रममा सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण रार्ई, बिशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवंम वडा -८ का अध्यक्ष मनोज ढङ्गाना,गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल,अथितिहरु गोनपा ६ का वडा अध्यक्ष रमेश अर्याल,आत्तरखेल महिला समाजकी अध्यक्ष शोममाया लामा,जया मल्टीपल कलेजका प्राचार्य भवानी पौडेल,वडा सदस्य नवराज लामा लगाएत स्थानियको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कृष्ण राईले समाजले सुरुवाती दिन देखि नै राम्रा र उल्लेखनिय काम गरेको भन्दै क्लवको प्रशंसा गरे । उनले युवा समाजले सामाजिक काम संगै रोजगारी सृजना गर्ने कार्यमा समेत अग्रसर हुनु पर्ने बताए । काम कुनै पनि सानो र ठुलो हुदैन, लगानशिल भएर काम गरे सफलता अवश्य मिल्छ सांसद राईको भनाई थियो । सांसद राईले निर्वाचनको बेलामा राजनीतिक प्रचार प्रसारमा जान पाउने र निर्वाचन सकिए पछि सबैजनाले एक भएर एकीकृत समाज निर्माण र बिकासको लागी यो वा त्यो राजनिति नभनि अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको प्रमुख सल्लाहकार दिपक रिसालले समाजका पदाधिकारीहरुलाई बधाई दिदै सामाजिक विकास र निर्माणमा सक्रिय रुपमा लागेकोको भन्दै खुसि व्यक्त गरे । उनले उक्त संस्थाको लागि एउटा भवनको अनिवार्यता रहको बताउदै संस्था संचालनको लागि आम्दानीको स्रोत समेत पहिल्याउनु पर्नेमा जोड दिएका थिए । सोहि कार्यक्रममा गोनपा प्रवक्ता एवंम वडा ८ का अध्यक्ष मनोज ढुङ्गानाले युवा समाजले गर्दै आएको काम कार्य प्रति सर्मथन गदै आगामी दिनमा समेत सामाजिक सेवामा लाग्नुका साथै आर्थिक उर्पाजनका बाटाहरु पहिल्याई समाजलाई उन्नतीको बाटो तर्फ लैजाने कार्यमा समेत भुमिका खेल्न आग्रह गरे । उनले समाज र विकासको लागी लाग्ने संस्थालाई वडा कार्यलय बाट हुन सक्ने सहयोग सदैब हुने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष ढुङ्गानाले आयोजकलार्इ धन्यवाद दिदै समाजले प्रेरणादायी भूमिका खेलेको बताउदैं युवाहरुमा उर्जा प्रदान गर्नको निमित्त युवाहरुलाई एकताबद्द बनाई सामाजिक कार्य गरिरहेकोमा खुसि ब्यक्त गरे । कार्यक्रममा आत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामाले समाजमा भएका घटना सामाजिक घटनालाई कम गर्न साथै यूवाहरुमा सामाजिक काममा उर्जा प्रदान गर्न समाजले भुमिका खेलेको स्मरण गर्दै समय समयमा आउने चुनौतीलाई सबै मिलेर समाधान गर्ने बाटोमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले समाजले लागु औषध विरुद्ध कार्यक्रम खेलकुद, सांगीतीक ,साथै जनचेतनामुलम कार्यक्रम गदै आएको र आगामी दिनमा समेत यस्ता सामाजिक कार्यमा लागी पर्ने बताए ।

अध्यक्ष लामाका अनुसार संस्थालाई आजको दिन सम्म ल्याई पु¥याउन सहयोग गर्ने वडा कार्यलय,विभिन्न संघ सस्था विभिन्न व्यक्ती लगाएत सम्पूर्ण प्रती आभार प्रकट गरे । समाजका सचिव दिनेश राईले आव ०७४/०७५ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समाजमा विभिन्न सामाजिक, मनोरन्जन खेलकुद जस्ता कार्यक्रमहरुमा संस्था प्रत्यक्ष रुपमा सहभागिता जनाएको जानकारी दिए ।

संस्थाका कोषध्यक्ष प्रकाश तामाङ्गले आव ०७४/०७५ को आय व्यय प्रस्तुत गरेका थिए संस्थाले बार्षिक साधारण सभा बाट नयाँ पदाधिकारी समेत चयन गरेको छ। जसमा प्रमुख सल्लाहकारको रुपमा प्रतिनिधि सभा सदस्य कृष्ण राई रहेका छन् भने सल्लाहकारको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवत्ता एंव्म वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना, जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य एंव्म गोकर्णेश्वर नगरपालिका वडा नं ८ की वडा सदस्य सान्नानी लामा, जया देबकोटा कलेजका प्राचार्य भवानी पौडेललार्इ चयन गरेको छ ।

त्यस्तै आत्तरखेल युवा समाजको अध्यक्षमा सुमन लामा,उपाध्यक्षमा अमर तामाङ र सुजन राज श्रेष्ठ सचिबमा दिनेश रार्इ, सह सचिबमा दुर्गा लाल श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश तामाङ, रहेका छन् भने सदस्यहरुमा सुन्दर तामाङ, प्रदिप काफ्ले, सुजन बस्नेत, सुरज तामाङ,सुरज श्रेष्ठ सजन भण्डारी, र सुजन भण्डारी रहेका छन्। नयाँ पदाधिकारीहरुलाई प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले टिका र खादाले सम्मान गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया