नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको विग ब्यास लिगमा आज पनि सानदार प्रदर्शन गरेका छन् । आजको खेलमा उनले आज तीन विकेट लिएका छन् ।
सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सबीरुद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएका छन् तर उनको यो प्रदर्शनले मेलबर्न स्टार्सको हार भने टार्न सकेनन् ।
पहिलो ओभरमै विकेट लिन सफल भएका उनले त्यसपछि २ विकेट लिएका हुन्।
आफ्नो पहिलो ओभरको तेस्रो बलमा लामिछानेले विकेट लिन सफल भए। सन्दिपले सातौ ओभरमा ५ रन खर्चिएर १ विकेट लिएका हुन्। यस्तो आफ्नो दोस्रो ओभरमा सन्दीपले एक चौकासहित ७ रन खर्चिए।
यस्तै आफ्नो व्यक्तिगत तेस्रो ओभर लिएर आएका लामिछानेले १४औं ओभरको दोस्रो बलमा कप्तान म्याथ्यु वाडको विकेट लिए। ५३ रन बनाएर खेलिरहेका म्याथुलाई क्याच आउट गराए। उनले यो ओभरमा एक छक्कासहित ८ रन खर्चिए।
तर सन्दीपको टिम मेलबर्न होबार्टसँग ६ विकेटले पराजित भएको छ । १ सय ५६ रनको लक्ष्य पक्ष्याएको होबार्टले १८.४ ओभरका ४ विकेटको क्षतिमा पुरा गर्यो ।