२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

कालिकोटमा आगलागी हुदाँ ५२ घर जलेर नष्ट

2358 Shares
Spread the love

कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा ५२ घर जलेर नष्ट भएको छ ।  गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेको जानकारी अनुसार आगलागीमा परी ११ जना घाइते भएका छन् । सोही गाउँकी बासिन्दासमेत रहेकी दानादेवीले घाइतेको अवस्था भने गम्भीर नहरेकोे बताइन् । केही समयअघि मात्रै १६ जना प्रहरीको टोली घटनास्थल पुगेको र आगो निभाउने प्रयास जारी रहको उनले बताइन् ।
गए रातिदेखि टेलिफोन सम्पर्क पनि राम्रो नभएका कारण घटनाको सत्यतथ्य बुझ्न पनि निकै कठिन भएको छ । पलाता गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेको गाउँमा रहेका सबै घर जलेको हो । जिल्ला सदरमुकामबाट ३२ कोषको दूरीमा पर्ने उक्त बस्तीमा सदरमुकामबाट पीडितलाई उद्धार गर्न सशस्त्र प्रहरी पनि खठाइएको छ । गए रातिनै पलाता गाउँपालिकाको निर्माण कार्यदल त्यहाँ पुगेको छ ।

सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए । मध्य रातीदेखि सुरु भएको आगलागीमा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन् ।

प्रतिक्रिया