२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नुवाकोटका सन्त बहादुरको कुवेतमा दुर्घटनामा मृत्‍यु

2398 Shares
Spread the love

नुवाकोट बेलकोट गढी नपा-१३ घर भई कुवेतमा सबारी चालकको रुपमा कार्यरत सन्त बहादुर तामाङको सडक दुर्घटनामा मृत्‍यु भएको छ।

आँफैले चलाएको गाडी अनियन्त्रित भएर ठोकिँदा शनिवार उनकाे मृत्‍यु भएको कल्याणकारी नेपाली यूबा समाज कुवेतका उपाध्यक्ष प्रदिप कार्कीले जानकारी दिए । दुर्घटनामा परि गम्भिर घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल पुर्याइएकाेमा साँझ ६ बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

नेपाली दुताबास कुवेतका दितिय सचिव ज्ञान बहादुर मगरले भने” मृतक सन्तबहादुर तामाङको पासपोर्ट तथा अन्य कागजात दुताबासले प्राप्त गरी सकेको र उनको शब पठाउने प्रकृया शुरु गरिसकिएको छ।

मृतक कार्यरत कम्पनीसंग समन्वय गरेर शबलाई छिट्टै नेपाल पठाइने तथा सडक दुर्घटना बिमाका लागि परिवारको मन्जुरीनामा लिएर प्रकृया अगाडि बढाइएकाे छ।  बिगत ३ बर्ष देखी एसीको (ACICO) कम्पनीमा कार्य गर्दै आएका सन्त बहादुरका २ छोरी,१ छोरा र श्रीमती रहेका छन्।

प्रतिक्रिया