२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

क्यानडाको टोरोन्टोमा नेपाली सामुदायिक केन्द्र निर्माण होला त ? समस्य काम को होइन दाम को हो !

1942 Shares
Spread the love

आशिस तामाङ, लामो समयदेखि क्यानडाको टोरोन्टो शहर आसपासमा रहेका नेपाली समुदायको सामुदायिक केन्द्र ( नेपाली कम्युनिटि सेन्टर ) बनाउने सपना साकार बनाउन यहाका नेपाली प्रतिनिधिहरु अहिले कम्मर कसेर लागेका छन् ।

गैर आवासिय नेपाली संघ एन आर एन ए क्यानडाको पहलमा विभिन्न स्थानिय संघसंस्था र स्थानिय नेपालीहरुको सहयोमा यो भवन निर्माणको योजना अघि बढेको बताएको छ । यसका लागि २० सदस्यीय समिति गठन गरेको छ । “एक घर एक हजार सहयोग ” भन्ने नारासहित एनआरएनए क्यानडाले एउटा अभियानको रुपमा अगाडी बढाएको छ ।

केन्द्रको लागि भवन पूरै निर्माण गरिसक्न करिव ५ वर्ष लाग्ने र यसका लागि झण्डै डेढ अर्व रुपैयां लाग्ने एनआरएनए क्यानडाका अध्यक्ष गोपी काफ्लेले जानकरी दिनुभयो । निर्माण कार्य शुरु गर्नका लागि आगामी दुई वर्ष भित्र २ मिलियन क्यानेडियन डलर (करिव २० करोड रुपैया ) जम्मा गरिसक्ने अध्यक्ष काफ्लेको भनाइ छ ।

उक्त निर्माण योजनाको अवधारणा सार्वजनिक गर्न एनआरएनए क्यानडाले टोरोन्टोमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यो कार्य नेपाली समुदायका लागि नै गौरवको विषय भएकोले सबैले आआफ्नो ठाउंबाट सहयोग गर्नुपर्ने धारणा र प्रतिबद्धता गरेको थिए । कार्यक्रममा अध्यक्ष काफ्लेले एनआरएनए ग्लोवल र स्थानिय अन्य निकायहरुलाई पनि यसका लागि सहयोग गर्न आग्रह गरिएको बताउनुभयो ।

भवन निर्माण पश्चात विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम संचालनका लागि करिव हजार व्यक्ति अट्ने सिट क्षमताको प्रेक्षागृह, प्रशासनिक कक्ष, चमेना गृह, वृद्धवृद्धा विश्रामस्थल, नेपाल झल्काउने संग्रहालय, सुचना कक्ष, पुस्तकालय, भाषा,कला,योग,स्वास्थ्य जस्ता विषयमा कक्षा संचालन कक्ष, बैंकको एटिएम मेसिन लगायतका सुविधाहरु रहने एनआरएनए क्यानडाका महासचिव चिरन्जिवी घिमिरेले जानकारि दिनुभयो ।

सहयोग जुटाउन ग्रेटर टोरोन्टोमा रहेका एनसिसिएस, एनसिएचसि, एनसिएनसि, सृजनशिल नेपाली समाज लगायत विभिन्न नेपाली संघसंस्थाहरुको विशेष भूमिका रहने महासचिव घिमिरेको भनाइ छ । सामुदायिक भवन निर्माण भएसंगै ब्राम्पटन, मिसिसागा, मार्खम लगायत ग्रेटर टोरोन्टो क्षेत्रका हजारौं नेपालीहरुले सेवा लिने र दिने ठाउं बन्ने छ भने नयां आएका नेपालीहरुका लागि अवसर खोज्न, सरकारी कामकाजबारे जानकारि लिन धेरै ठाउंमा भौंतारिनु पर्ने अवस्था पनि हट्ने छ ।

यो योजना सफल बनाउन काम र दाम संगै एकैचोटी अघि बढ्ने भएकाले सबैले काम, दाम र साथसहित आआफ्नो ठाउंबाट सहयोग गर्न एनआरएनए क्यानडाले सबै क्यानडाबासि नेपालीमा अपिल गरेको छ । पछिल्लो समयमा क्यानडामा नेपालीहरुको संख्या बढे संगै समुदायका निम्ति चाहिने र गरिनु पर्ने थुप्रै कार्यहरु छन्, जस मध्ये एउटा महत्वपूर्ण काम भनेको निकट भविष्यमा नेपाली सामुदायिक केन्द्र स्थापना गर्ने ।

लामो समयदेखि नै ग्रेटर टोरोन्टो क्षेत्रका नेपालीको सपना पनि हो तर यसका लागि ठूलो धनराशी र लामो समय लाग्ने भएकाले यसका पछाडि विभिन्न चुनौतिहरु नआउलान भन्न पनि सकिन्न । यसका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरु दृढतापूर्वक लाग्न सकेमात्र सफल हुने देखिन्छ  ।

प्रतिक्रिया