२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पैसा नभएर ९ कक्षामा पढाई छोडेका सलमान बने इण्डियन आइडल

2062 Shares
Spread the love

मुम्बई, नेपालमा रवि ओडको चर्चा नसेलाउँदै भारतमा पनि रविको जस्तै सामाजिक वातावरणमा हुर्केका सलमान अलि इण्डियन आइडल बनेका छन् ।

इण्डियन आइडलको सिजन १० मा दर्शकको अत्यधिक मायासँगै हरियाणको मेवात जिल्लाको पुन्हाना गाउँका सलमान अलिले उपाधि जित्न सफल बनेका हुन ।

करोडौंको जनसंख्या भएको भारत आर्थिक समृद्धिको चुलिमा रहेको छ । तर गाउँको गरिबी, अशिक्षा र पछौटेपना भने उस्तै छ । आम मानिसले आफ्ना सपना पुरा गर्न त्यति सजिलो छैन भारतमा ।

तर नेपाल आइडल जस्तै इण्डियन आइडलमा पनि यसपालि त्यही सपना देख्ने जमातबाट सलमानले उपाधि जित्न सफल भएका हुन ।

कुनै बेला पैसा भएन पढन, अनि सलमानले नौ कक्षामा पढाई छोडे । उनीहरु हरियाणाको दुर्गम गाउँका बासिन्दा । पुस्तैनी पेसा सिलाउने र बिहे लगायतका अवसरमा गीत गाउने । चार पुस्ताले यही काम गर्दै आएका छन र यसरी नै गुजारा चलेको छ उनको ।

तर भनिन्छ नि सपना पाल्नेको सपना पुरा हुन पनि सक्छ । सलमान यस्तै भाग्यमानी बनेका छन् ।

नेपालमा रवि ओड र भारतमा सलमानले गरिब भएकै कारण भोट भने पाएका होइनन । बरु त्यो गरिबीले उनीहरुभित्रको कला र गायनलाई निखार्ने र सपना पुरा गर्नैपर्ने अठोट र आँटसँगै कलाको विकास भएको भने पक्कै हो ।

प्रतिक्रिया