२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

भारत पुगेको गैडा घाइते अवस्थामा छट्पटाउदै पुग्यो सुस्ताबासीको शरणमा

1000 Shares
Spread the love

रबिन्द्र यादव/ नवलपरासी पश्चिम

पौष ९ – गत वर्षको नारायणी नदिमा आएको बाढीले बगाएर भारत पुर्याएको एउटा गैडा गम्भीर अवस्थामा घाइते भएर सोमबार सुस्ता भुमिमा पुगेको छ । गैडाको टाउको बाट रगत बगिरहेको छ । भारतमा नै गोली हानेर बनाइएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । भारत विहारको भेडिहारी जंगलमा पटकपटक उक्त गैडा देखिदै आएको थियोे । सोमबार बिहान निर्माण हुदै आएको सुस्ता तटबन्ध नजिक रहेको स्थानिय बासीको उखुबारीमा देखिएको सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जैसवालले जानकारी दिनु भएको छ ।

अहिले सशस्त्र प्रहरी आउट पोष्ट, सुस्ता प्रहरी चौकी तथा स्थानीयले घाइते गैडा लाई घेराबन्दी गरेर सुरक्षा दिइरहेका छन् । गैंडा देखेपछि आफूहरूले चितवन राष्ट्रिय निकुञ्जमा खबर गर्ने गरे पनि निकुञ्जका कर्मचारीको गैर जिम्मेवारीपुर्ण व्यवहारले उक्त गैडा लाई उपचार गरेर नेपाल फर्काउन समस्या भएको सुस्ता बचाउ अभियानका आदम खांले बताए। बाढिले बगाएर भारतीय क्षेत्रमा पुगेका १० वटा गैंडा मध्ये ७ वटा गैंडा तत्कालै नेपाल फर्काएर चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको थियो भने एउटा गैडा मृत अवस्थामा भेटिएको थियोे ।

पछिल्लो समय ३ वटा गैंडा भारतीय जंगलमा रहेकोमा गत मंसिर २९ गते सुस्ताबासीको विशेष पहलमा एउटा पोथी गैडा नेपाली भूमिमा फर्काउन सफल भएपछि निकुञ्जका वार्डेन वेदप्रसाद ढकाल र प्राविधिक सहितको टोलीले पुस १ गते गैडालाई बेहोस बनाएर डुंगा बाट नारायणी पार गराई ट्रकमा राखेर चितवन राष्ट्रिय निकुञ्जमा लगेर छोडिएको थियो। केही दिन अघि नेपाली भूमिनजिकै अर्को गैंडा देखापरेका भएपनि निकुञ्जका कर्मचारीलाई जानकारी गर्दा खासै चासो नगरेकाले गैंडा पुन: भारतकै भेडिहारी जंगलमा फर्किएको जैसवालले बताए।

सुस्ताबासीले गैंडा नेपाल फर्काउनका लागि दिन रात खटिने गरेका छन् । तैपनि सम्बन्धित निकायले चासो नदेखाएका कारण पनि २ गैंडालाई अहिलेसम्म नेपाल फर्काउ नसकिएको सुस्ता बचाउ अभियानका सदस्य जैसवालले बताए। चितवन राष्ट्रिय निकुञ्जका वार्डेन वेद प्रसाद ढकालले यस बारेमा आफूले ३ महिना अगाडि देखि परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई पत्राचार समेत भइसकेको जानकारी समेत दिए । भारत सरकारसंग औपचारिक अनुरोध गरेर बच्चा सहित दुबै गैडा नेपाल फर्काउने हर संभव प्रयासरत रहेको जानकारी दिए ।

प्रतिक्रिया