२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

गोनपा वडा-३ कार्यलयको मेयर कप सम्बन्धी सूचना

7526 Shares
Spread the love

आशिस तामाङ

काठमाडौं – गोकर्णेश्वर नगरपालिका वडा -३ को कार्यालयले गोकर्णेश्वर मेयर कप सम्बन्धी सुचना जारी गरेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा-३ कार्यलयले पौष २१ बाट संचालन हुन लागेको मेयरकप फुटबल प्रतियोगिताको लागी वडा कार्यलयबाट २ वटा टिप छनोट गर्नुपर्ने सम्बन्धमा सुचना जारी गरेको हो ।

जारी सुचनामा भनिएको छ गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा जोरपाटी फुटबल क्लबद्वारा आयोजना गरिने प्रथम वडा स्तरीय गोकर्णेश्वर मेयर कप फुटबल ७ ए साइड फुटबल प्रतियोगिता संचालन हुने भएकोले सो प्रतियोगितामा यस वडा अन्तर्गत पनि २ वटा टिम छनौट गरि पठाउन पर्ने भएको हुँदा गोकर्णेश्वर नगरपालिका वडा नं ३ अन्तर्गत रहेका युवा क्लब संघ सस्था तथा फुटबल खेलाडीहरुले २०७५ साल पौष १० गते भित्र वडा कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ।

खेल २०७५ पौष २१ देखि गोकर्णेश्वर नगरपालिका -८ बेसीगाँउमा रहेको नेपालय इंग्लिस पब्लिक स्कुलको खेलमैदानमा संचालन हुनेछ भने समापन पौष २८ मा हुने जनाईएको छ ।

प्रतिक्रिया