काठमाडौँ । तात्कालिन नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रकाे एकताका सूत्रधार मानिने जनार्दन शर्मा `प्रभाकर´ काे यतिबेला नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा खाेजी भइरहेकाे छ । पार्टी भित्र उर्जाशील र कुनैबेला उज्यालाे मन्त्री भनेर चिनिएका प्रभाकर भने यतिबेला अमेरिकाकाे न्यूयाेर्कमा छाेरीकाे बिबाहका लागि हिन्दू परम्परा अनुसार गर्नुपर्ने कामका लागि लुगा, गहना खरिदसँगै उनी निकट एक पण्डितसँग रहेका छन ।

प्रभाकर पुत्र प्रकाश शर्मा भने दिदीकाे बिबाह भन्दा पनि घुमघाममा व्यस्त देखिएका छन । अालाेचनाकाे डरले प्रभाकरले छाेरीकाे बिबाह र अाफ्नाे गतिविधिकाे अपडेट गराएका छैनन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय स्राेतका अनुसार भिअाईपी कक्षबाट एक साता अघि अमिरका उडेकाे अभिलेख रहेकाे छ ।
यता उनका बहिनी ज्वाइँ, भाइ बुहारी कसैले पनि जेठी छाेरी र भदैकाे बिबाहलाई बधाई दिएका छैनन् । परिवारिक स्राेतका अनुसार गुपचुप बिबाह भएका कारण कसैलाई जानकारी दिने काम गरिएकाे छैन ।यता उनै कमाण्डमा लडेका पाँचौं डिभिजन कमान्डर हुँदा घाइते छापामारहरु माइतिघरमा सामान्य उपचार माग्दै अनशनमा बसिरहेका छन् । उनीहरुलाई स्वास्थ्य अवस्था कमजाेर भएकाे भन्दै प्रहरीले उठाएर ट्रमा सनेटरमा लगेर उपचार गराइरहेकाे छ ।
ती अनसनरत पूर्व लडाकूहरुलाई भेट्न गएका एक शुभचिन्तकसँग `हाम्रा कमान्डर प्रभारजी छाेरीकाे बिबाहमा छाेरासहित अमेरिका जानु भएकाे छ रे !´ भनेर सुनाएपछि प्रभाकर अमेरिका रहेकाे विषय सार्वजनिक भएकाे हाे । प्रभाकरकी छाेरी दुरई वर्षअघि अध्ययनकाे शिलशिलामा अमेरिका गएकी थिईन ।
अर्का स्थायी किमिटी सदस्य देवेन्द्र पाैडेल पनि सपरिवार अमेरिका भ्रमणमै रहेका छन । उनले अाफ्नाे फेसबुक मार्फत गतिविधि सार्वजनिक पनि गरिरहेका छन । उनी छाेरीकाे दिक्षान्त समाराेहमा सहभागी हुन अमेरिका पुगेका हुन ।
यसैगरी वनमन्त्री शक्ति बस्नेतकाे छाेरी पनि अमेरिकामै अध्ययनरत छिन । विभिन्न कार्यक्रमको माैकापारी अामा सत्या पहाडी छाेरी भेट्न तीन पटकसम्म अम्रिका पुगीसकेकी छिन । नेकपा केन्द्रीय कार्यालय स्राेतले प्रभाकर अमेरिका जाने सूचना दिएर गएकाे जनाएकाे छ ।
