आशिस तामाङ
नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनलाई कुवेतका विभिन्न सँस्थाहरुले बिदाई गरेका छन् ।
किरातीहरुको महान चाड उधौली, स्यादर पिदर/चासोक तङ्नाम कार्यक्रमको अवसर पारी कुवेतका कृयासिल सँस्थाहरुले माँयाको चिनो र दोसल्लाले सम्मान गरी भव्यरुपमा बिदाई गरेका हुन् । लिङ्देन नेपाली राजदुतावास कुवेतमा चार बर्षको कार्यवधी पुरागरी नेपाल फर्किन लागेका हुन् ।

नेपाली समाजमा उल्लेखनीय भुमिका खेली समाजलाई सहयोग गरेकोमा कुवेतका कृयासिल सँस्थाहरुले सम्मान गरी बिदाई गरेका हुन् ।

एक दर्जन भन्दा बढी संघ – सँस्थाले मायाँको चिनो र दोसल्लाले सम्मान गरी उत्तरोत्तर प्रगतीको शुभकामना दिएका थिए भने सम्मान गरे संगै सामुहिक फोटो खिचाएका थिए । लिङ्देनले नेपाली समाजमा पुराएको उल्लेखनीय कार्यको खुलेर प्रशंसा गरेका थिए ।

सम्मान पश्चात लिङ्देनले कुवेतका संघ-सँस्था हरुले गरेको सम्मान लाई कहिलै नभुल्ने र समाजमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेका थिए । लिङ्देनले कुवेतको समाजले गरको सम्मान प्रती आभार प्रकट गरेका थिए ।
