२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

कांग्रेसको संशोधित विधान महासमितिमा प्रस्तुत (पूर्ण पाठसहित)

1686 Shares
Spread the love

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संशोधित विधान प्रस्ताव महासमिति बैठकमा प्रस्तुत गरिएको छ। केन्द्रीय समिति बैठकले पारित गरेपछि महामन्त्री पूर्ण बहादुर खड्काले शनिवार महासमितिमा विधान प्रस्ताव प्रस्तुत गरेका हुन्। खड्का विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक हुन्।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुतिसँगै महासमिति सदस्यलाई बाडिएको जानकारी दिए। प्रस्ताव प्रस्तुत भएसँगै महासमिति सदस्यलाई आफ्ना विचार राख्ने अवसर दिइनेछ। महासमिति सदस्यले राखेको विचारका आधारमा प्रस्ताव संशोधन गरी बैठकले पारित गर्नेछ।

गत शनिबार उद्घाटन भएको महासमिति बैठक पार्टी केन्द्रीय समितिमा विधान संशोधनको प्रस्तावमा सहमति जुट्न ढिला हुँदा अझै जारी छ। केन्द्रीय समितिमा सहमति भएपछि विधान छापेर बाँड्दा ढिला भएको मुख्सचिव कृष्णप्रसाद पौडेलले बताए।

प्रतिक्रिया