दाङको राम्रीमा भएको बस दुर्घटनामा परि मृत्यु भएका २३ जनाको सनाखत भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुम पूर्वका १÷१ जना गरी २३ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि बस चालक घोराही उपमहानगरपालिका वडा नम्वर–३ दाङका २६ वर्षिय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षक घोराही उपमहानगरपालिका वडानम्वर–१७ का २८ वर्षिय प्रदिप घिमिरे, बसका सहचालक तुलसीपुर उपमहानगरपालिका वडानम्वर–१८ का २२ वर्षिय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ वर्षिय विजय घर्ती, बबई गाउँपालिका–५ दाङका २१ वर्षिया कविता खत्री, दंगीशरण गाउँपालिका–१ का २० वर्षिया सञ्जित रत्गैयाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेम शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परि जुम्ला चन्दननाथ नगरपालिका–६ का १६ वर्षिय कुशुम रावल, चन्दननाथ नगरपालिका–३ जुम्लाका १७ वर्षिय हिम्मत बोहरा, कन्कासुन्दरी गाउँपालिका–५ जुम्लाका २० वर्षिय विरेन्द्र कडारा, हिमा गाउँपालिका–५ जुम्लाका १७ वर्षिया शैलजा शाही, चन्दनथान–१० जुम्लाका १८ वर्षिय रुपेश शाही, चन्दननाथ –१४ जुम्लाका १७ वर्षिय रितेन्द्र शाही, चन्दननाथ–५ जुम्लाका देविप्रसाद उपाध्याय, तीला गाउँपालिका–१ जुम्लाका जंगबहादुर बिक, चन्दननाथ– ३ का १८ वर्षिय अर्जुन शाही, चन्दननाथ–१० जुम्लाका विपना खत्री, तीला गाउँपालिका–३ जुम्लाका रमेश उपाध्यायको मृत्यु भएको छ ।
त्यस्तै दुर्घटनामा परि शिक्षालयका शिक्षक रुकुम भुमे गाउँपालिका–६ का २८ वर्षिय नरेश वली, जग्दुला–७ डोल्पाका १६ वर्षिय गजेन्द्र ऐरी, भेरीगंगा नगरपालिका–४ जाजरकोटका १७ वर्षिय आतिस नेपाली, कृष्णपुर नगरपालिका–५ कञ्चनपुरका १७ वर्षिय खेमराज भट्ट, जयपृथ्वी नगरपालिका बझाङका १७ वर्षिय महेश जोशी, बुढिगंगा–१० बाजुराका लोकेन्द्र रावलको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शाहीले जानकारी दिनुयो ।