२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

६ वर्षीया बालिकालाई हस्तमैथुन गराउने एक जना पक्राउ

1448 Shares
Spread the love

पुष ७ – सप्तरीमा ६ वर्षीया बालिकालाई हस्तमैथुन गर्न लगाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बोदे बसाइनले सप्तरीको बोदे बसाइन नगरपालिका–७, हैटी टोलका ३५ वर्षीया वरूण रामलाई पक्राउ गरेको हो । घरपरिवारका सदस्यहरु धान काट्न खेत गएका बेला घरमा एक्लै बसेकी बालिकालाई नजिकैको केराबारीमा लगेर काखमा राखी वरुणले हस्तमैथुन गराइरहेको देखेपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए ।

पक्राउ परेका वरुणलाई बालयौन दुरूपयोग अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया