1870
Shares
–ध्रुवसागर शर्मा
गलेश्वर। घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट तीन लाख ४१ हजारसहयोग प्राप्त भएको छ।
घरको आर्थिक अवस्था कमजोर रहेका स्व पुर्जाको परिवारको पालनपोषण र शिक्षाका लागि युके–पाखापानी समाजका अध्यक्ष कूलबहादुर शेरपुञ्जाबाट दुई लाख र बेलायतमा रहेका नेपालीबाट एक लाख ४१ हजार गरीे रु तीन लाख ४१ हजार सङ्कलन भएको थियो।
सो रकम शुक्रबार युके–पाखापानी समाजका सदस्य जीतबहादुर शेरपुञ्जा र रघुगङ्गा–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले स्व पुर्जाकी श्रीमती दालशुभा पुर्जालाई हस्तान्तरण गरेका हुन्।
स्व पुर्जाका श्रीमती, तीन छोरा र एक छोरी छन्। बाह्र वर्षका जेठा छोरा अपाङ्ग छन् भने अरु सानै छन्। उनीहरुको शिक्षाका लागि आर्थिक अभाव नहोस् भनेर सहयोग गरिएको उनले बताए।