२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

ज्ञानेन्द्रलाई ओलीको चुनौती “लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन्”

2769 Shares
Spread the love

पुष ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विकल्प कोही नभएको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिको सांकेतिक विरोध गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति नभएको जिकिर गरे। ‘अहिले कोही कोही देश दौडाहा, तिर्थ र श्राद्धमा गएका छन्’, पूर्वराजाको पोखरा भ्रमणतर्फ संकेत गर्दै ओलीले भने, ‘अब लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन्। हामी उपलब्धि गुम्न दिँदैनौं।’

उनले विगतमा पनि लोकतन्त्र सिध्याउने षडयन्त्र हुँदा त्यसलाई असफल पारेर आएको बताउँदै अब पनि सफल नहुने ठोकुवा गरे। लोकतान्त्रिक व्यवस्थामा कुल घरानाका मान्छेहरु छटपटाएको भन्दै ओलीले नेपाली जनताले कुल घरानाको शासक होइन सेवक खोजेको बताए। ‘अहिले कतिपय मान्छेलाई खान्दान र कुल घरानाको चिन्ता छ’, नेपाल इन्जिनियर्स एशोसियशनका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘जनताको निम्ति काम गरौं। कुल घराना वा नघरानाबाट जो पनि आउन सक्छ।’ यद्यपी कुल घरानामा सबै गलत नहुने उनको भनाई छ।

कुल घरानाका मान्छेले अहिलेका नेताहरु हिजो कस्तो हालतमा थिए, आज कुन हैसियतमा छन भनेर टिप्पणी गर्ने गरेको बताउँदै ओलीले भने, ‘हिजो मै जेलभित्र नेलमा थिए। खाली खुट्टामा चिसो छडिमा राखेका थिए। आज जुत्ता लगाएको छु। ति जेल हाल्ने कुल घरानाका मान्छेलाई भतभती पोलेको छ। प्रधानमन्त्री हुँ, एकजोर जुत्ता त लगाउन सक्छु।’ नागरिकमा खबर छ ।

प्रतिक्रिया