काठमाडौं । नेपाली काँग्रेसमा लामो रस्साकसीपछि विधान संशोधनको मस्यौदा केन्द्रीय समितिबाट पारित भएको छ । शुक्रबार साँझ बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले शीष नेताहरुबीच भएको सहमतिअुसार विधान संशोधनको मस्यौदा पेस गरेका थिए ।
शीर्ष नेताहरुबीच सहमति भएअनुसार मस्यौदा आएकाले केन्द्रीय समितिबाट मस्यौदा सर्वसम्मतीले पारित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
केन्द्रीय समितिमा मस्यौदा पारित भएकाले अब सो मस्यौदा महासमितिमा पेस हुनेछ । विधानको नयाँ व्यवस्थाअनुसार अब केन्द्रीय समिति १७१ सदस्यी हुने छ भने पदाधिकारी संख्या १४ हुनेछ । संविधानमा व्यवस्था भएअनुसार समावेसी कलस्टर अनुरुप सहमहामन्त्रीको सख्या आठ हुने छ ।
८ सहमहामन्त्रीमा ७ जना जातीय समुदाय र एक पीछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुनेछन् ।
विधानको मस्यौदाअनुसार सभापति, दुुईजना उपसभाति, दुुईजना महामन्त्री, ८ जना सहमहामन्त्री निर्बाचित हुनेछन् भने कोषाध्यक्ष मनोनित हुनेछन्।
भोलिको महासमिति बैठकमा उक्त सहमतिलाई प्रस्तावका रुपमा पेश गरिने प्रवक्ता शर्माले जानकारी दिए । विधान संशोधनको मुख्य उद्देश्यसहित गत मंसिर २९ देखि राजधानीमा जारी महासमिति बैठक पदाधिकारी विवादकै कारण गतिलिन सकेको थिएन ।