२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

वाइडबडी खरिद प्रकरण :- पूर्वपर्यटन मन्त्रीसंग लेखा समितिले सोधपुछ गर्ने

1122 Shares
Spread the love

पुष ६ – अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले दुई वाइडबडी विमान खरिद प्रक्रियामा कुनै पनि प्रकारको जिम्मेवारीबाट पन्छिएका छन्।शुक्रबार संसदको सार्वजनिक लेखा समितिले दुई वाइड बडी विमान खरिद गर्दा रकम भुक्तानीको प्रक्रियाबारे सोधपुछका लागि अर्थ सचिव र राष्ट्र बैंकका गभर्नरलाई डाकेको थियो।समितिले नेपाल वायु सेवा निगमले दुई वाइड बडी विमान खरिद गर्दा भएको भनिएको अनियमिताका विषयमा उपसमिति बनाएर छानबिन गरिरहेको छ।

उपसमितिका एक सदस्यका अनुसार अर्थ सचिव राजन खनालले विमान खरिदबारे सम्बन्धित मन्त्रालय जिम्मेवार हुने भन्दै पर्यटन मन्त्रालय तर्फ औंला तेर्स्याएका हुन्। उनले पर्यटन मन्त्रालयले नै सबै जिम्मेवारी लिनुपर्ने भन्दै बजेटमा भएको व्यवस्थाकै आधारमा मात्र सरकार जमानी बसेर ऋण दिलाएको बताएका थिए।उपसमितिमा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले भने विदेशमा रकम भुक्तानी गर्दा पटक पटक शंका व्यक्त गरिएको बताएका थिए।

‘शंका लागेर हामीले पटक पटक कागजात मागेका थियौं’, नेपालले बैठकमा भने, ‘हामीलाई पर्यटन मन्त्रालय र वायु सेवा निगमको बोर्डले गरेको निर्णयहरु प्राप्त भएपछि रकम पठाइएको हो।’समितिका ती सदस्यका अनुसार दुवै निकायले खरिद प्रक्रियाको दोष पर्यटन मन्त्रालय र वायु सेवा निगमकै हुने जवाफ दिएका छन्।अर्थ मन्त्रलाय र राष्ट्र बैंक पन्छिएपछि उपसमितिले पूर्व पर्यटन मन्त्रीहरुलाई अब विमान खरिदबारे सोधपुछका लागि डाक्ने भएको छ।

समितिका ती सदस्यले भने, ‘हामी यो विषय बिट मार्ने होइन कि निष्कर्षमा पुर्‍याउने तयारीमा छौं। अब पूर्व पर्यटन मन्त्री र वर्तमान पर्यटन मन्त्रीलाई सोधुपछका लागि डाक्नेछौं।’

प्रतिक्रिया