काठमाडौं । नेपाली क्रिकेट टीमका स्टान स्पीनर सन्दीप लामिछाने यतिबेला अस्ट्रलियामा छायका छन् । अष्ट्रेलियाको बिग बास लिगको डेब्यू खेलको पहिलो ओभरमै दुई विकेट लिएपछि उनी शुक्रबार चर्चाको केन्द्रमा रहे ।
सन्दिप मेलबर्न स्टार्सका तर्फबाट खेलिरहेका छन् । इनिङको आठौं ओभरमा बलिङ गर्न आएका सन्दिपले आफ्नो ओभरको दोस्रो बलमा थण्डर्सका कप्तान शेन वाटसनलाई निक लार्किनको हातबाट क्याच आउट गराए । सोही ओभरको अन्तिम बलमा उनले आफ्नो बलमा केलुम फ्रयागुसनलाई आफैंले क्याच गरेर आउट गराए । यो ओभरमा सन्दिपले मात्रै ३ रन दिए ।
बिग बास लिगमा शानदार डेब्यू गरेपछि सन्दीपले यसै वर्षबाट सहभागिता जनाएको क्यारेवियन प्रीमियर लिग (सीपीएल)ले पनि उनको प्रशंसा गरेको छ । सन्दीप सीपीएलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेलेका थिए । सीपीएलमा पनि चम्किएका उनी बीबीएलमा पनि चम्किएपछि सीपीएलले उनको प्रशंसा गरेको हो ।
शुक्रबार सीपीएलले सन्दीपको सीपीएल खेलको एक तस्वीरसहित ट्वीट गर्दै लेखेको छ, ‘सन्दीप बीबीएलमा पुगेका छन्, पहिलो ओभरमै दुई विकेट ।’