२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

थकाली पहिरनमा बर्षा कति राम्री ( तस्विर सहित )

1183 Shares
Spread the love

म्युजिक भिडियो हुँदै नेपाली सिनेमा क्षेत्रमा प्रबेश गरेकी नायिका हुन बर्षा सिवाकोटी । बिकास राज आचार्यको फिल्म नाई नभन्नू ल २ बाट डेब्यु गरेकी बर्षा कुनै समय अभागी नायिकाको रुपमा हेरिन्थ्यो । खेलेका फिल्महरु एकपछि अर्काे गर्दे असफल भएपछि उनी दर्शकमाझ राम्रोसंग क्लिक हुन निकै गाह्रो प¥यो । तर आजभोली बर्षा कुनै न कुनै रुपमा चर्चामा आउँने गरेकीछिन् ।

 

पहिले कुनै पनि कार्यक्रममा साधारणरुपमा प्रस्तुत हुने बर्षा हट पहिरनका साथ देखिन थालेकीछिन्। किनकी उनले बुझिसकेकीछिन् की चर्चामा आउँन कुनै न कुनै फण्डा त अपनाउँनु नै पर्छ । तर पछिल्लो समय यी अभागी नायिकालाई फिल्म पाउँन भने कठिनाई भएको छैन तर सफलता पाउँन या भनौ हिट फिल्म दिने दिन भने उनको लागि अझै आएको छैन ।

हाल वीर विक्रम २ को मुस्ताङमा सुटिङमा व्यस्त रहेकी बर्षाले हालै सामाजिक सञ्जालमार्फत केही तस्बिरहरु सार्वजनिक गरेकीछिन् । तस्बिरमा उनी थकाली पहिरनमा देखिएकीछिन् । मिलन चाम्सले निर्देशन गरेको यस फिल्ममा बर्षाले पहिलो पटक पल शाह र नाजिर हुसेनसंग स्क्रिन सेयर गरेकीछिन् । उनले विर विक्रम २ का लागि नै गोपी र रानीमहल जस्ता फिल्महरु छोडेकी थिईन् ।

प्रतिक्रिया